हेम बहादुरमल्ल सम्मान, प्रधान र आचार्यलाई दिइने

हेम बहादुरमल्ल सम्मान, प्रधान र आचार्यलाई दिइने

काठमाडौँ । २ लाख राशीको हेम बहादुरमल्ल सम्मान, २०७७ गोरक्ष बहादुर न्हुच्छे प्रधानलाई र २०७८ भानु प्रसाद आचार्यलाई प्रदान गरिने भएको छ ।

न्हुच्छे प्रधान झण्डै ४ दर्शक देखि सरकारी सेवामा छन् । विशेष गरी प्रधानमन्त्रीको कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ र पर्यटन मन्त्रालय लगायतका क्षेत्रमा उनीले कार्य गरिसकेका छन् ।

आचार्य महालेखानियन्त्रक, अर्थ सचिव, उद्योग, वाणिज्य तथा आपूर्ती सचिव र महालेखा परीक्षककारुपमा उत्कृष्ट भूमिका निर्वाह गरिसकेका छन् । जस अन्तर्गत सम्मान २०७७ र २०७८ प्रधान र आचार्यलाई २/२ लाख सहित सम्मान गर्ने आयोजक संस्था नेपाल जन–प्रशासन संघले जानकारी दिएको छ ।

भानु प्रसाद आचार्य 
गोरक्ष बहादुर न्हुच्छे प्रधान

पूर्व गभर्नर एवम् पूर्व सचिव दीपेन्द्र पुरुष ढकालको संयोजकत्वमा नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बास्कोटा, साल्ट ट्रेडिङ कर्पोरेशन लि. का तत्कालिन अध्यक्ष गोविन्द क्षेष्ठ, पूर्व सचिवद्धय पूर्णचन्द्र भट्टराई र याम कुमारी खतिवडा सदस्य रहेको समितिले सम्मानका लागि नाम छनोट गरेको हो ।

प्रत्येक बर्ष प्रधान गरिने यो सम्मानबाट यस अघि सम्मानित व्याक्तित्वहरु केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, डा. विमल कोईराला, महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकर लाल दास र सूर्यनाथ उपाध्यायलाई सम्मानित भइसकेका छन् । सम्मान कार्यक्रम साउन ३ गते (भोली) भव्य समारोहका बिच उपराष्ट्रपति रामसहाय प्रसाद यादवले प्रदान गर्ने नेपाल जन–प्रशासन संघका अध्यक्ष कृष्णहरि बास्कोटाले जानकारी दिए ।

को हुन् हेमबहादुर मल्ल ?

वि.स. १९९५ सालमा निसिभुजी बाग्लुङमा जन्मिएका हेमबहादुर मल्ल एक सफल प्रशासक हुन् । २०५७ सालमा उनको हृदयघातका कारण निधन भएको थियो । उनले आफ्नो कार्यकालमा साल्ट टे«डिङ कर्पोरेशनमा संस्थापक प्रमुख, कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज, प्रमुख सल्लाहकार जस्ता पदमा रहेर काम गरेका थिए ।

यस्तै नेसनल फाइनान्स कम्पनी लि., सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र सुवर्ण फर्मास्युटिकल्स लि. को अध्यक्ष, गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना लि. हितकारी गुठीको संचालक, नेपाल वनस्पति ध्यू उद्योग लि. जस्ता पदमा रहेका काम गरेका थिए । त्यसका अतिरिक्त नेपाल चेम्बर अफ कमर्श, नेपाल व्यवस्थापन संङ्घको कार्यकारी सदस्य लगायतका अन्य थुप्रै क्षेत्रमा योगदान पु¥याएका थिए ।

लोकप्रिय