मन्त्रीस्तरीय निर्णयबाट सरुवामा परेपनि अटेर गर्दै डा. गौतम
काठमाडौँ । डा.सुमित्रा गौतम पटक पटक सरूवा भएपनि पहुँच कै भरमा भक्तपर बस्दै आएकी छन । भक्तपुर अस्तपालमा काज सरुवामा कार्यरत मेसु डा. सुमित्रा गौतम पनि मन्त्रालयले हाल्लै काज फिर्ता गराएता पनि उनी काज फिर्ता भएकी छैनन् ।
मन्त्रालयले असार १५ गते पत्र लेखेर गौतमको दरबन्दी रहेको परोकार तथा प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथली काठमाडौँमा फिर्ता हुने भनेको थियो । मन्त्रीस्तरीय उक्त निर्णयको गौतमले अटेर गरेर फिर्ता हुन मानिरहेकी छैनन् ।
मन्त्रालय स्रोतका अनुसार यसअघि दुई पटक काज फिर्ता गर्ने निर्णय भएको थियो । तर, शक्तिकेन्द्रका आडमा गौतमले काज फिर्ता सम्बन्धी पत्र बदर गराएकी थिइन् । यो तेस्रो पटक काज फिर्ता गर्ने मन्त्रालयले निर्णय गरेको हो ।
डा. गौतमले भक्तपुर अस्पतालमा करोडौंको टेण्डरमा स्पेकलक गरी मोटो रकम असुल गरेको आरोप लागेको छ । गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ । अख्तियार स्रोतले उक्त उजुरी माथि छानविन समेत थालेको छ ।

काज फिर्ता नगरेर बागमती प्रदेशले कर्मचारीलाई गैरकानुनी रुपमा काम गराइरहेको छ । यसरी आफ्नो समय भन्दा बढि बस्नु र काज फिर्ता गराउदा पनि त्यही बर्षै सम्म डेरा जमाएर बस्नुका पछाडि आर्थिक मोह नै रहेको र केही आफु निकटलाई तारिफ गराई भक्तपुरमा नै बस्नु र मन्त्रालयको पत्रका समेत बेवास्ता गरेर राज्यको निति नियमलाई समेत चुनौती दिएको बताइएको छ ।


प्रतिकृया दिनुहोस्