महाधिबेशन साँचै हुन्छ त ?
काठमाण्डौ,भदाै ९। आउँदो मंसिर ९ गतेबाट शुरु भएर १३ गते समापन हुने भनिएको नेपाली कात्ँग्रेशको चौधौ महाधिबेबेशन जति जति मित वर-वर आयो उती उती पर धकेलिन थालेको बिश्लेश्न हुन थालेको छ ।
केन्द्रीय समितिले नै सर्व सम्मत रुपमा मंसिर ९ बाट केन्द्रिय महाधिबेशन गर्ने र भाद्र १८ मा गाउँ नगरपालिकाको वडातहको अधिबेशन एवं निर्वाचन प्रक्रिया आरम्भ गर्ने समझदारी भएकोर सोहि अनुरुप निर्णय भएको सार्वजनिक भएको थियो । नमिलेका क्रियाशिल बिबाद निप्टारा गर्नकाँग्रेश नेता कृष्ण प्रशाद सिटौलाको संयोजकत्वमा मिनेन्रद्ररिजाल रहेको समितिले अन्तिम रुपदिएर टुँग्याएको र प्रतिबेदन सभापति र बरिष्ठ नेतालाई दिएको थियो ।
अझै पनि क्रियाशिल सदश्यताकै बिबादको कुरोले केन्द्रिय कार्यालयमा जिल्ला सभापतिहरु धर्ना दिने र रिलेअनसन बस्दैरहेकाछन् । टुँगोमा पुग्यो भनिएको क्रियाशिल बिबाद किन बल्झियो, किन निर्वाचन निर्देशिका सर्वपक्षिय स्वीकार योग्य बनाईएन, यो सबै हेर्दा कतै आसन्न महाधिबेशनको महाधिबेशनको कार्पतालिकालाई प्रभावित बनाउने, महाधिबेशन गर्न नदिने र भाद्र २३ मा काँग्रेश बिरुद्व अमुक ब्यक्तिहरु काँग्रेशको बैधताको बिषयमा अदालत जाने बाताबरणलाई मलजल गरिएको त है न ? भनि प्रश्न गर्न थालिएको छ ।
उता आजै गणेशमान निवास चाक्सिबारिमा नेपाली काँग्रेशका पौडेल समुहको छलफल सम्मपन्न भएकोछ । उक्त छलफलमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह,डा. शशाँक, अर्जुननरसिंह केसि , बलबहादुर केसी , मिनेन्द्र रिजाल , शेखर कोइराला लगायतका नेताहरुको उपस्थिति थियो ।
बैठकले हिजो मंगलबार धर्ना दिंदै आज २ बजेबाट रिले अनसन बस्ने जिल्ला सभापति तथा देउवा बिपक्षका काँग्रेशीहरुको कार्यक्रमलाई समर्थन जनाउँदै पार्टी कार्यालय सानेपा पुगेर ऐकबद्वता जनाउने र पार्टीले जारी गरेको निर्वाचन निर्देशन अस्वीकार गर्ने समेत निर्णय भएको छ । भेलाले तोकिएकै मितिमा महाधिबेशन गर्न समेत सभापतिको ध्यानकर्षण गर्ने निर्णय भएको, जानकारी प्राप्त भएको छ । पौडेल गुटका भनिएका काभ्रेका काँग्रेश सभापति मधु आचार्य, धादिँगका …धमला लगायत रन्जित कर्णहरु समेत आज २ बजेबाट पार्टी कार्यालय सानेपामा २४ घण्टे रिले अनसन बस्दैछन् ।
सभापतिहरुले निर्वाचन निर्देशिका संशोधन गरिनु पर्ने र क्रियाशिल सदश्यहरुको नामावली सार्वजनिक गरिनु पर्ने रहेको छ । तोकिएकै मितिमा महाधिबेशन गर्न पार्टी सभापति प्रतिबद्व हुने, सोहि मितिमा महाधिबेशन गराउन बिरोधि खेमा ध्यानाकर्षण गराउने तर बाताबरण चाहिने असहज बन्दै जाने, जिल्ला सभापतिहरु अनसनमा बस्नु पर्ने कारण चैँ के हो ?
काँग्रेश अधिबेशनलाई लिएर बजारमा गफ हुन थालेकोछ, काँग्रेश अधिबेशनबारे दुईटामात्र बिकल्पछ त्यो हो ,
(१) नेपाली काँग्रेशको अधिबेशन अब तोकिएको मितिमा कि हुन्छ !
(२) कि ; नेपाली काँग्रेशको महाधिबेशन तोकिएको मितिमा हुँदैन भन्नु पर्ने अबस्था देखिन्छ ।
Enter
प्रतिकृया दिनुहोस्