माधव नेपालकाे पार्टीमा जान निवेदन दिएर एमालेमै मझधारकाे रुपमा अड्किएका यी सांसदको पद के हुन्छ?
काठमाडौँ , भदौ १२ – यही भदौ २ गते नेकपा एमाले दल विभाजन भइ नयाँदल गठनका लागि निर्वाचन आयाेगमा निवेदन दिँदा नाम उल्लेख नभएका एमालेका थप यी चार जना सांसदले मंगलबार एकीकृत समाजवादी जान पाउँ भनि निवेदन दिए।
तर आयोगले ‘एकै पटक नभएको’ भन्दै बुधबारको दस्तखत सनाखतमा सहभागी गराएन।
माधव नेपाल नेतृत्वको समाजवादी पार्टीका नेताहरुले थपिएका समेतलाई सनाखत गराएर आफ्नो पार्टीको सांसदमा राखिदिन निकै दबाब दिए पनि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अस्वीकार गरे। यसका कारण नेकपा समाजवादीमा जान तम्सिएका प्रतिनिधिसभाका सोमप्रसाद पाण्डे , तुलसा थापा र माया ज्ञवाली एवं राष्ट्रियसभा सदस्य शारदा भट्ट राेकिए।
निर्वाचन आयोगले शुक्रबार संघीय संसदलाई पठाएको पत्रमा पनि सोही व्यहोरा उल्लेख गरेर पठाएको छ।
आयोगको पत्रमा भनिएको छ, ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई गर्न बनेको दोश्रो संशोधन अध्यादेश २०७८ को दफा ३ को २ बमोजिमाको प्रक्रियामा समावेश गरी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादको सदस्य हुने गरी सनाखत गरी पाउँ भनी संसदका सदस्यहरु माया न्यौपाने (ज्ञवाली), सोमप्रसाद राण्डेय, शारदा भट्ट र झलनाथ खनाल तथा केन्द्रीय समिति सदस्य राजन राईले मिति २०७८/२/८ गते मेरा गरेको निवेदन प्राप्त भएको।’
वामदेव गौतमकी पत्नी तुलसी थापाले पनि सनाखतका लागि निवेदन दिए पनि आयोगले ताेकेकाे समय सकिएपछि आएको ठहर गर्दै दरपिठ गरेको छ।
यसरीमा सनाखतका लागि आवेदन दिए पनि एमालेमै मझधारकाे अवस्थामा अड्किएको उनीहरुको सांसद पद काे बैधानिकता के हुन्छ ? भन्ने चासो बढेको छ।
यस सम्बन्धमा वरिष्ठ अधिवक्ता गान्धी पण्डित सनाखत नभएको अवस्थामा उनीहरु एमालेकै सांसद हुने बताउँछन्।
उनले भने, ‘नयाँ दलको पक्षमा सनाखत नभएपछि नैतिक र मानिसकरुपमा अलग भएपनि उहाँहरुलाई पार्टी छाडेको भन्न मिल्दैन, एमालेकै सांसद हुनुहुन्छ।’ एमालेकै सांसदमा रहेपछि पार्टीले दल त्याग गरेको आधारमा कारबाही गर्न नमिल्ने वरिष्ठ अधिवक्ता पण्डितले स्पष्ट पारे।
प्रतिकृया दिनुहोस्