अध्यक्ष प्रचण्ड पार्टी नेतृत्वबाट बिदा हुने
काठमाडौँ ,भदाै १२ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू राजनीतिक पार्टी नेतृत्वको भूमिकाबाट बिदा हुने चाहना व्यक्त गरेका छन् । आफू ७० वर्षको नजिक पुगिसकेकाे हुँदा अब युवाहरुलाई पार्टीको नेतृत्व लिने समय आएकाेले यसका लागि तयार रहन समेत उनले आग्रह गरे ।
शनिबार आयाेजित माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लीग (वाईसीएल)को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले उपराेक्त बिचार ब्यक्त गरेका हुन् ।
“उमेरका हिसावले हामी ७० वर्ष आसपासमा छौँ । संविधान, राष्ट्रियता र लोकतन्त्रको रक्षालाई अघि बढाउने जिम्मा अब तपाइँहरुको हो। तर तपाइँहरु नेतृत्व लिन तयार नभएसम्म छाड्न मिल्दैन” प्रचण्डले भनेका छन् । प्रचण्डले अब पार्टीको भूमिकाबाट बिदा भएर संस्मरण लेख्ने इच्छा रहेको समेत बताएका थिए । साथै पार्टीको नेतृत्वबाट बिदा भएर भिन्न भूमिकामा बस्ने इच्छा भएको उनले बताएका थिए । साथै सत्तारुढ गठबन्धन संविधानको रक्षा, राष्ट्रियता र लोकतन्त्र सुदृढिकरणका लागि बनेको बताएका थिए । साथै गठबन्धनलाई बचाइराख्नुपर्ने पनि उनको भनाइ थियो ।
कार्यक्रममा आफ्नाे भनाइ राख्ने क्रममा नेकपा एमाले अध्यक्ष केपी ओलीलाई कटाक्ष गर्दै निरकुंशता र प्रतिगमनकारी शक्तिलाई परास्त गरेरै मुलुक नयाँ मोडबाट अघि बढेको बताए । तर अझै पनि प्रतिक्रियावादी शक्तिहरुले यो गठबन्धनलाई कमजोर पार्ने षड्यन्त्र गरिरहेको उनको भनाइ थियो । ‘प्रधानमन्त्री पदका लागि आलाेपालाेकाे प्रस्ताव राखेर ओलीले ठगी धन्धा गरेको समेत उनले आरोप लगाए । उनले भने ‘दुई वर्षमा सरकारको जिम्मेवारी दिन्छु भनेर भने तर मलाई दिएनन् । भनेकाे कुरा पुरा गर्छु भनेर तमसुकमा दस्तखत गराए तर कार्यान्वयन भने गरेनन्’ उनले दुःखेसाे पाेखे ।
जे भएपनि केपी ओलीसँग नेकपा पार्टी एकता गरेर आफूले नयाँ ज्ञान प्राप्त गरेको समेत उनको भनाइ थियो । भनाइकाे अन्तमा ओलीले पटक पटक संसद विघटन गरेर संविधान र लोकतन्त्रको लागि घात गरेको बिचार समेत उनले व्यक्त गरे ।
प्रतिकृया दिनुहोस्