गरिमा विकास बैंकले ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना

गरिमा विकास बैंकले ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना

 

काठमाडौ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिंदै गईरहेको छ । तर, विश्वमा फैलिरहेको महामारी कोरोना भाईरसले गर्दा गत वर्षमा जस्तै भौतिक दुरी कायम राखी तीज मनाउने अवस्था हाललाई सम्भव नभएकाले भौतिक उपस्थिति बिना प्रविधि मैत्री तीजलाई प्रोत्साहन गर्न सम्पुर्ण नेपाली दिदीबहिनीहरुको लागि ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्न लागेको बैंकले जनाएको छ । टिकटक प्रतियोगितामा नेपाल भित्र रहनु हुने सबै नेपाली दिदीबहिनीहरुले भाग लिन सकिने बैंकले जनाएको छ ।
प्रतियोगितामा प्रतियोगीहरुले भिडियो बनाउनु हुँदा तीजको मर्मलाई ख्यालमा राखी यस पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गित अथवा कन्सेप्टमा टिकटक भिडियो बनाउनुपर्ने हुनेछ । यस पर्वको मर्म विपरीत बनेको वा उत्श्रृङ्खल तवरले बनेका भिडियोहरुलाई विजेताको रुपमा नगरिने भएको छ । प्रतियोगिताको विजेताले रु ९,००० उप–विजेताले रु ६,००० र तेस्रो हुनेले रु ३,००० पुरस्कार पाउनेछन् । अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोले भने रु २,००० जित्नेछ । विजेताको घोषणा भिडियोमा आउने लाईकको आधारमा हुनेछ भने बेस्ट कन्सेप्ट भने अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोको आधारमा हुने बैंकले जनाएको छ ।

 

लोकप्रिय