अध्यादेश निष्क्रिय पश्चात मात्र मन्त्री परिषद् बिस्तारमा सक्रिय हुने याेजनामा देउवा
काठमाण्डौ । देश अहिले ओली शासनबाट मुक्त भए पनि वलीको चोटिलो उखाने बोलीबाट भने मुक्त भईसकेको छैन् ।
वली अहिले प्रचण्डको पासोमा मात्र परेनन्, आफ्नै बाल सखा माधबकोसमेत शिकार हुन पुगेका छन् । ओली यतिबेला घाईते बाघ जसरी छटपटाइ रहेका छन । ओलीले जुन सुकै बेला पनि बदला लिनका लागी मौकाको खोजिमा बसेका छन्।
ओलीको शिकार गर्ने प्रचण्ड र माधव नेपाल हुन भने शिकारलाई सुकुटी बनाएर खाने चाँहि शेर बहादुर देउवा हुन ।
सत्ताबाट जवरजस्त हटाईएका ओलीले वर्तमान सरकारका प्रधानमन्त्री देउवा र सरकारका निर्माताहरु प्रचण्ड, माकुने र उपेन्द्र यादबको दल समेत मौका पर्नासाथ लोभि पापिहरुलाई चारा देखाएर भाँग भुजा पार्न सक्ने र सरकारबाट आफुलाई हटाएको रिसको खिस गर्न सक्ने प्रबल संभावना रहेको छ ।
जुन संभावनाको कारण सरकार गठन भएको डेढ महिना सम्ममा पनि मन्त्री परिषदको बिस्तार हुन सकेको छैन । वर्तमान सरकारको गठबन्धन भित्र मन्त्री बनेर ुतरु मार्ने उत्कट मनसुवा राख्नेहरुको राम्रै जमात देखा परिसकेको छ ।
यदि प्रधानमन्त्री देउवाले सरकार बिस्तार अहिले गरे भने निस्चित रुपमा उपेन्द्र यादवको राजपा, माकुनेको समाजवादी मात्र होईन माओबादी केन्द्र समेत ओलीको शिकार हुने पर्याप्त संभावना देखिन्छ ।
त्यसकारण पनि कहिले , कुनै काममा पनि हतार नगरी, फुकि फुकि अगाडी बढ्ने मोडलमा देउवा अगाडी बढिरहेका छन् ।
मिलिजुली सरकार चलाउन वर्तमान प्रधानमन्त्री देउवालाइ जतिसुकै कठिनाई भए पनि, मन्त्री मण्डलको बिस्तारमा उनी चासो नदेखाई बसेको देखिन्छ ।
भाग बण्डामा जसजसलाई जे जति दिनु पर्छ, देउवा कंजुस्याँई गर्ने स्वभावका छैनन् । तर पनि बिस्तारमा आलटाल गर्नु दल दर्ता सम्बन्धी बिधेयक नै प्रमुख कारण देखिएको छ ।
एमाले र राजपा फुटाल्न ल्याईएको बिधेयक जीबितै छ । ओलीका लागि यो बिधेयक दल फुटाउने गतिलो हथौडा बन्न सक्छ । मन्त्रीमा नपरेका अवसरमुखिहरुले ध्यादेशको दफाहरु पल्टाएर फेरि भर्खर जुटेको दल नफुटाउलान भन्न सकिन्न ।
अब २२ गते सम्म प्रदेश र स्थानिय निकाएका प्रतिनिधिहरुले पुरानो दल छोडेर नयाँ दलमा समाहित भए पछि अध्यादेश निष्क्रिय गर्ने तयारी देउवाले गरेका छन् ।
अध्यादेश निष्क्रिय बनाउने तयारीसँगै देउवाले मन्त्री परिषद बिस्तार गर्ने तयारी तिब पारेका छन् । संभवत भाद्र २२ गते पश्चात मन्त्री परिषदले पुर्णता पाउने देखिएको छ ।
प्रतिकृया दिनुहोस्