अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस, आज (बिहीबार) नेपालमा पनि मनाइँदै । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले हरेक वर्ष डिसेम्बर ७ का दिन यो दिवस मनाउँदै आएको छ । नागरिक उड्डयन सुरक्षा र ब्यवस्थापनका विषय उठान गर्दै यो दिवस मनाउने गरिन्छ ।

आइकाओले शिकागो कन्भेन्सन लागू भएपछि सन् १९९४ देखि नै ले यो दिवस मनाउँदै आएको हो । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको थियो ।

आइकाओमा नेपालसहित १ सय ९२ राष्ट्र सदस्य छन् । नेपालमा सन् १९५७ मा नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो। हवाइ असुरक्षाका कारण नेपाल कालोसूचिमा छ । युरोपियन युनियनको उडान सम्बन्धी कालोसूचीबाट नेपाल हट्न सकेको छैन् ।

नेपाल सरकारले पटक–पटक प्रयास गरे पनि युरोपियन कमिसनको मोभिलिटी एण्ड ट्रान्सपोर्ट डिभिजनले नेपाली वायुसेवा कम्पनीलाई कालो सूचीबाट हटाउन नमानेको हो । युनियनले गतसाता सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाली वायु सेवा कम्पनीलाई युरोपेली मुलुकको आकाश प्रयोगमा लागेको प्रतिबन्धलाई निरन्तरता दिएको छ ।

लोकप्रिय