एनसेलको सेयर खरिद–बिक्रीबारे अध्ययन गर्ने उच्चस्तरीय समिति गठन
- dainiksamaj
- २०८० मंसिर २१, बिहीबार

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्री बारे अध्ययन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व महालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
समितिमा सचिव फणिन्द्र गौतम तथा अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन् ।
समितिलाई एनसेलको सेयर खरिद–बिक्रीबारे अध्ययन गरी सुझावसहित प्रतिवेदन पेस गर्न ३० दिनको कार्यावधि दिइएको बताइएको छ ।
Post Views: 197
- नेपाली सेनाको हेलिकप्टरद्धारा बाढीमा फसेका व्यक्तिको उद्दार
- प्राधिकरणका निर्देशक शाक्यको सय दिनको उपलब्धी
- रसुवा बाढीमा १८ जना बेपत्ता, त्रिशूलीमा फसेकाको हेलिकोप्टरबाट उद्धार
- टर्कीमा १२ सैनिकको मृत्यु
- ललितपुर महानगरको निःशुल्क स्वास्थ्य बिमा
- राष्ट्रपतिद्धारा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त
- फागुनमा प्रदर्शन हुँदै फिल्म ‘कल्ली’
- गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका मन्त्रीबीच भेटवार्ता
- टेक्सास विनाशकारी बाढी
- अर्थमन्त्रीद्धारा लालपुर्जा वितरण
लोकप्रिय
-
संसद दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
२०८२ असार १६, सोमबार -
पूर्वप्रधानमन्त्री झलनाथ खनालले लिए बौद्ध शिक्षा
२०८२ असार १६, सोमबार -
टेक्सास विनाशकारी बाढी
२०८२ असार २३, सोमबार

प्रतिकृया दिनुहोस्