यू–१९ एसिया कपः नेपाल पाकिस्तानसँग पराजित

यू–१९ एसिया कपः नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं । एसिसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । शुक्रबार युएईको दुबईमा भएको खेलमा पाकिस्तानसँग नेपालले ७ विकेटको हार बेहो¥यो । नेपालले दिएको १५३ लक्ष्य पाकिस्तानले २६.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो । पाकिस्तानका लागि कप्तान शाद बाइग र अजन अवाइसले अर्धशतक प्राहर गरे ।

पाकिस्तानका ओपनर शामयल हुसेनलाई नेपालका गुल्सन झाले पहिलो ओभरको तेस्रो बलमा शून्यमा आउट गरेका थिए । गुल्सनले नै दोस्रो विकेट लिने क्रममा पाकिस्तानका शाहजइब खानलाई १५ रनमा दिपेश कँडेलबाट क्याच गराए ।

नेपालका लागि तेस्रो विकेट आकाश त्रिपाठीले लिए । उनले २५औं ओभरको तेस्रो बलमा पाकिस्तानका कप्तान शाद बाइगलाई ५० रनमा सुवास भण्डारीबाट क्याच गराए । अजनले नटआउट ५६ रन जोडे । उनले ६२ बलमा ८ चौका हिर्काए । मोहमद जीशनले ८ बलमा २ चौका र २ छक्का प्रहार गर्दै नटआउट २० रन जोडे । खेलमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४७.२ ओभरमा १५२ रनमा अलआउट भयो ।

नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे । उनले ७० बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रन जोडे । कुनै समय ५ विकेटको क्षतिमा ४६ रन मात्र जोडेको नेपालको रन उकास्न उनले धैर्यपूर्वक ब्याटिङ गरेका थिए । दिपेश र उत्तमबीच छैटौं विकेटका लागि ६८ रनको साझेदारी भएको थियो। कँडेलले ५९ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

कँडेल आउट भएको दुई ओभरपछि विशाल विक्रम केसी आउट हुँदा १ रन मात्र जोड्न सके । यस्तै विकेटकिपर विपिन रावल पनि ३८ ओभरमा शून्यमा मोहमद जीशानबाट बोल्ड भए ।

त्यसअघि खराब ब्याटिङ गरेको नेपालका ओपनर अर्जुन कुमाल २१ रन जोडेर चौथो विकेटको रुपमा आउट भएका थिए । उनले ३७ बलमा ३ चौका प्रहार गरे। लगत्तै अर्को ओभरमा गुल्सन झा १ रनमै आउट हुँदा नेपालले १७ ओभरमा ४६ रन जोड्दा सुरुवाती ५ विकेट गुमायो। गुल्सनलाई पाकिस्तान अली अस्फानले १७ ओभरको अन्तिम बलमा बोल्ड गरेका थिए ।

त्यसअघि कप्तान देव खनाल १३ बल खेल्दा शून्यमा आउट भए। आकाश त्रिपाठी ६ रनमा पाकिस्तानका उबइद शाहको एलबिडब्लूको धरापमा परे भने तिलक भण्डारी ७ रनमा क्याच भएका थिए । नेपालले अर्को खेल भारत संग खेल्नेछ ।

लोकप्रिय