यू–१९ एसिया कपः नेपालले अफगानिस्तान संग खेल्दै

यू–१९ एसिया कपः नेपालले अफगानिस्तान संग खेल्दै

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपाली टोलीले आइतबार (आज) अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । दुबईको आईसीसी एकेडेमी मैदान ‘टू’मा बिहान सवा ११ बजे शुरु हुने खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

एसिया कपको समूह एमा रहेको नेपाल र अफगानिस्तान दुवै पहिलो जितको खोजीमा मैदान उत्रिँदैछन् । प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज नेपाल र अफगानिस्तान दुवैलाई जित्नै पर्ने दबाब छ ।

नेपालले पहिलो खेलमा पाकिस्तानसँग र अफगानिस्तानले भारतसँग समान ७ विकटको हार व्यहोरेका थिए । १९ वर्षमुनिको टोलीको ‘हेड टू हेड’ हेर्ने हो भने अफगानिस्तानले पछिल्ला ५ वटै खेलमा नेपालविरुद्ध प्रभावशाली जित निकालेको छ ।

यस्तै बिहान सवा ११ बजे नै शुरु हुने अर्को खेलमा समूह ए का भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोली आज लगातार दोस्रो जितको लक्ष्यमा मैदान उत्रिने छन् ।

लोकप्रिय