हिन्दुराष्ट्र र राजसंस्था फर्काउन आन्दोलनमा उत्रिनुपर्नेमा कमल थापाको जोड

हिन्दुराष्ट्र र राजसंस्था फर्काउन आन्दोलनमा उत्रिनुपर्नेमा कमल थापाको जोड

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको निम्ति आन्दोलनमा उत्रिनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले हिन्दुराष्ट्र र राजसंस्था पुर्नस्थापनाको निम्ति आन्दोलनको विकल्प नभएको बताएका हुन् ।

उनले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेण्डाको मुख्य संवाहक आफूहरु नै भएको भन्दै यसको निम्ति आन्दोलन नै अन्तिम विकल्प भएको बताएका हुन् । उनले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि बृहत राष्ट्रिय मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने बताए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था असफल भइसकेको बताए । अबको विकल्प राजसंस्था सहितको प्रजातन्त्र, हिन्दुराष्ट्र र दुई तहको सरकार भएको उनको भनाइ छ । उनले यसको निम्ति सम्पूर्ण जनताहरुलाई सडकमा आउन अपिल गरे ।

लोकप्रिय