तस्करीको आवरणमा मिटरब्याजको धन्दाः भन्छन्, ‘सिडियो र एसपी हाम्रो खल्तिमा छन्’
सिरहा । कुनैबेला सिरहाको लहान क्षेत्रका ग्रामिण भेगहरूमा ढकिया ( डाली ) मा कपडा सिलाउने सुई, धागो, हातमा लगाउने चुरा , नेलकटर , रूमाल , कपालमा लगाउने रूमाल लगायतका सामाग्रीहरू डुलेर बेच्थे सन्तोष साहको परिवार । जनकपुरबाट व्यापार गर्न आएकाले उनिहरूको परिवारलाई जनकपुरिया उपनामले चिनिन्थ्यो । अर्थात उनिहरूको परिचय बनेको थियो – जनकपुरिया ।
तर, त्यसरी ढकियामा हजार पन्ध्र सयको पुँजी लगाएर धागोपोते बेच्ने जनकपुरिया खलकको अहिले लहानमा परिचय बदलिएको छ, नवधनाढ्यका रूपमा । जनकपुरिया खलक एकाएक कसरी नवधनाढ्य बन्यो ? श्रृङ्खलाबद्वरूपमा हामी उनिहरूको कालो कर्तुतबारे खुलासा गर्न गईरहेका छौँ । तिनै नवधनाढ्यमा रूपान्तरित जनकपुरियाका दाजुभाईले पत्रकारमात्रै होईन, प्रहरी/प्रशासननै आफ्नो खल्तिमा कैद भएको हाकाहाकी प्रतिकृया दिइरहेका छन् ।
कपडाको कलो व्यापार
जनकपुरिया खलकका दुईभाई अहिले लहानका जल्दाबल्दा व्यापारी हुन् । दुईभाईमध्ये सन्तोष साहले समैया ट्रेडर्स खोलेर भारतबाट कपडा तस्करी गर्नथालेको धेरैभयो । महिलाका सबैखाले पहिरन समैया ट्रेडर्समा पाईन्छन् । दैनिक १० लाखसम्मको कारोबार हुन्छ समैया ट्रेडर्सबाट । राज्यलाई तिर्ने करभने नगन्य मात्रामा देखिन्छ , लहानस्थित राजश्व कार्यालयको रेकर्डमा । अर्थात आर्थिक तरलताको सामना गरिररहेको देशलाई उनी ठगिरहेका छन् । देशका ठुला राजश्वमारामध्ये समैया ट्रेडर्सका सञ्चालक सन्तोष साह पनि एक हुन् ।
उनले भारतबाट तस्करी गर्छन् कपडाहरू । भारतका जयनगर , सिलिगुडी , सितामाडी लगायतका ठाउँहरूबाट कपडा तस्करी गर्छन् सन्तोष । समैया ट्रेडर्स विशाल होटलकै लाईनमा छ । समैया ट्रेडर्समा मूल्यसुची राखिएको छैन । उनका ग्रहाक भनेका चौधरी समुदायका सोझा ग्रामिण महिलाहरू हुन् । मनपरी मूल्यमा बेचछन् , सन्तोषले ।
सन्तोषलाई सञ्जय , राघव यादव , भगवानलाल साह , देव यादव , थेपा भनेर चिनिने उपेन्द्र यादव लगायतले तस्करीका कपडा ल्याईदिन्छन् । अर्थात समैया ट्रेडर्सका कपडा तस्करीलाई उनिहरूको प्रत्यक्ष सहयोग छ ।
कपडाको आवरणमा मिटरब्याज
जिल्ला प्रशासन कार्यालय सिरहाको अनुसन्धानमा सन्तोष साहको देखाउने दाँत कपडा तस्करी भएपनि उनको भित्रिधन्दा भनेको मिटरब्याज हो । सन्तोष साहले लहानका धेरै ब्यापारीलाई जग्गा आफ्नो नाममा पास गरेर मिटरब्याजमा लगानी गर्दै आएका छन् । लहानका सयौँ ब्यापारीलाई सन्तोषले मिटरब्याजमा ५० करोड भन्दा बढी लगानी गरेको पाईएको जिल्ला प्रशासन कार्यालयस्रोतले बताएको छ । सन्तोष साहले समैया ट्रेडर्सको नाममा कपडा ब्यापार गर्ने उद्वेश्य देखाएर एसबिआई बैंकबाट ऋण लिएर मिटरब्याजमा लगाएको बैंक स्रोतले भन्यो ।
बैंकस्रोत भन्छ – “कपडा ब्यापारको नाममा ऋण लिएर मिटरब्याजमा लगाएर आर्थिक अपचलन गरेकाले सन्तोष साहमाथी बैंकिङ् कारवाही अघि बढाउँदैछौँ ।’’
सुशासनको नारा दिने पुष्पमल दहाल प्रचण्ड नेतृत्वको सरकारले समैया ट्रेडर्स खोलेर कपडा तस्करी गर्नेअनि मिटरब्याजमा ऋण लगाउने सन्तोष साहमाथी तत्काल कानुनी कार्वाही चलाउन जरूरी देखिन्छ ।
यस बिषयमा प्रतिकृया लिन खोज्दा सम्पर्कमा आएका सन्तोषका जेठा दाइ मनोज साहले धेरै पत्रकारलाई गोजीमा राखेको छु भन्दै प्रहरीप्रशासन पनि किनेर राखेको बताए । जय हनुमान ट्रेडर्स खोलेर तस्करी गरिरहेका उनले भने – “ पैसाका अगाडि पत्रकार, प्रहरी/प्रशासन सबैको त्रिनेत्र हुन्छ । पत्रकार , एसपी , सिडियो सबैलाई खुशी बनाईरहेका छौँ । एकदुईओटा समाचारले हाम्रो एउटा रौँ पनि उखेलिदैन । जे मन लाग्छ गर्नुस् ।’’
प्रतिकृया दिनुहोस्