हमासको नियन्त्रणबाट विपिनलाई रिहाइ गर्न पहल गरिदिन कतारका प्रधानमन्त्री शेखसंग आग्रह

हमासको नियन्त्रणबाट विपिनलाई रिहाइ गर्न पहल गरिदिन कतारका प्रधानमन्त्री शेखसंग आग्रह

काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री एनपी साउदले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग भेटवार्ता गरेका छन् । सोमबार दोहामा भएको भेटमा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेको मन्त्रीका स्वकीय सचिव दीपक जोशीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री अल थानीले नेपाली विद्यार्थी जोशीलगायत विदेशी बन्दीहरुको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको बताए । उनले छिटै सकारात्मक परिणाम आउन सक्ने संकेत गरेका थिए । नेपालसँगको सम्बन्धलाई कतार सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ ।

परराष्ट्रमन्त्री साउदले व्यापार र लगानीका विषय, कतार फ्रन्ट फर डेभलपमेन्टबाट हुने विकास सहयोग, आगामी उच्चस्तरीय भ्रमणलगायत विषयमा पनि भेटवार्तामा कुराकानी गरेका थिए । परराष्ट्रमन्त्री साउद दोहामा जारी विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख, विदेशमन्त्री, निजी क्षेत्र, थिंक ट्यांक, सञ्चारकर्मी सम्मिलित दोहा फोरम २०२३ मा सहभागी छन् ।

लोकप्रिय