एसीसी यू–१९ एसिया कपः भारतविरुद्ध नेपालको खराब सुरुवात, २१ रन बनाउँदा ६ विकेट गुमायो

एसीसी यू–१९ एसिया कपः भारतविरुद्ध नेपालको खराब सुरुवात, २१ रन बनाउँदा ६ विकेट गुमायो

काठमाडौँ । एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको भारतविरुद्ध नेपालले निकै खराव सुरुवात गरेको छ । यो समाचार तयार पर्दा सम्म नेपालले १० ओभरमा २१ रन जोडेर ६ विकेट गुमाएको छ ।

ओपनर दीपक बोहरा ११ बलमा एक रन बनाउँदै पेभेलियन फर्किए । अर्का ओपनर अर्जुन कुमाल २२ बलमा ७ रन, उत्तम थापा मगर ७ बलमा सून्य रन र कप्तान देव खनाल १० बलमा २ रनमा आउट भएका छन् । यस्तै दिपक डुमार १ बलमा सून्य र गुल्सन झा ८ बलमा ४ रन बनाउँदै आउट भएका छन् ।

भारतले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । समूह ‘ए’ अन्तर्गतको उक्त खेल यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा भइरहेको छ । समूहगत चरणको अघिल्ला दुबै खेलमा पराजित भएको नेपाली टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना भने प्राविधिक रुपमा मात्र बाँकी छ ।

नेपाली टोली आफ्नो पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपाललाई अफगानिस्तानले ७३ रनले हराएको थियो । लगातार दुई खेलमा जित हात पार्दै चार अंक जोडेको पाकिस्तान लगभग प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ ।

लोकप्रिय