मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यकाे गहिरियाे संकट , बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यकाे गहिरियाे संकट , बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

मकवानपुर । बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णशर्मा खनालले आफ्नाे पदबाट राजीनामा दिएका छन्। यसबाट मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यकाे सरकार स्पष्टरुपमा संकटमा परेकाे राजनितिक क्षेत्रमा चर्चाकाे बिषय बनेकाे छ।

एमालेबाट बिभाजित भएर बनेकाे दल एकीकृत समाजवादीका लागि हिजो सनाखत गरेका उनले बुधबार विहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष राजीनामा बुझाएका हुन्।

उनी नव गठित एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत हुन्। शाक्य नेतृत्वको सरकारलाई काम गर्न सहज होस् भनेर आफूले पदबाट राजीनामा दिएको खनालले बताएका छन्।

लोकप्रिय