पृथ्वी जयन्तीमा कविता प्रतियोगिता हुँदै, प्रथमलाई १ लाख पुरस्कार

पृथ्वी जयन्तीमा कविता प्रतियोगिता हुँदै, प्रथमलाई १ लाख पुरस्कार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसँग सम्बन्धित विषयमा युवा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिता आउँदो पुस २७ गते सम्ममा ४० वर्ष ननाघेका युवाहरूमा मात्र सिमित रहने सो पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्तिमार्फत बताएका छन् । कविता पुसको १५ गते भित्रमा पठाउनका लागि इमेल ठेगाना rppcenter48@gmail.com र ह्वाट्स् एप नम्बर ९८५१३४७४०५ सार्वजनिक गरिएको छ ।

काठमाडौँ धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा आएर पनि कविता बुझाउन सकिनेछ । कविता ५०० शब्दमा सिमित हुनुपर्ने राप्रपाको सर्त छ ।

प्रतियोगितामा प्रथम हुने कविलाई रू एक लाख, द्वितीय हुनेलाई रू ५० हजार, तृतीय हुनेलाई रू २५ हजार तथा अन्य तीनजनालाई रू १०/१० हजारको सान्त्वना पुरस्कार प्रदान गरिने राप्रपाले विज्ञप्तिमार्फत् जनाएको छ । पुरस्कृत कविताहरू पुस २७ गते भृकुटीमण्डपमा हुने विशेष समारोहमा स्वयं कविहरूले वाचन गर्नेछन् ।

लोकप्रिय