एमालेको मेची–महाकाली यात्राले जनतामा उत्साह थप्यो – महासचिव पोखरेल

एमालेको मेची–महाकाली यात्राले जनतामा उत्साह थप्यो – महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मेची–महाकाली यात्राले जनतामा उत्साह थपेको दाबी गरेका छन् । पोखरेलले जनतामा निराशा पैदा गर्ने अवस्थालाई यात्राले उत्साह थपेको बताएका हुन् ।

बिहीबार भोजपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मध्यपहाडी राजमार्ग आधारित यात्रा ठीक समयमा लिएको ठीक निर्णय लिएको भन्ने पुष्टि भएको बताए । उनले गठबन्धन सरकारसँगको असफलतासँग जोडिएर सिंगो प्रणाली माथि प्रहार भइरहेको अवस्थालाई मध्यपहाडी यात्राले असफल बनाएको बताए ।

पोखरेलले यात्राले मुलुक फेरि लोकतन्त्रको सबल बाटोमा अघि बढ्न आधार तयार भएको बताए । उनले पूर्वाधारको विकास र बसाईंसराइको प्रवृत्तिबारे पनि अध्ययन भइरहेको बताए ।

महासचिव पोखरेलले मध्यपहाडी क्षेत्र भविष्यको आधार भएको बताए । मध्यपहाडी यात्रा जनतामा फैलिँदै गइरहेको निराशालाई तोड्ने कुरामा सर्वाधिक सफल भएको उनले दाबी गरे ।

लोकप्रिय