नेपालमा पछिल्लो ४ महिनामा भित्रियो ४ खर्बको रेमिटेन्स

नेपालमा पछिल्लो ४ महिनामा भित्रियो ४ खर्बको रेमिटेन्स

काठमाडौं । नेपालमा पछिल्लो ४ महिनामा ४ खर्बको रेमिटेन्स भित्रिएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा चार खर्ब ७७ अर्ब रूपैयाँ बराबरको रेमिटेन्स भित्रिएको हो । गत वर्षको यही अवधिमा ३ खर्ब ७८ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएकोमा चालु आर्थिक वर्षमा यो दर २६.४ प्रतिशतले वृद्धि भएको हो ।

यो चार महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा भने उच्च दरले कमी आएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या २७ प्रतिशतले घटेको छ । गत वर्षको चार महिनामा नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८४ हजार थियो । चालु आर्थिक वर्षको यो अवधिमा भने मात्रै २ लाख ६ हजारले यस्तो स्वीकृति लिएका छन् ।

गत आर्थिक वर्षभरीमा वैदेशिक रोजगारी र अध्ययनमा जानेको संख्या १० लाख हाराहारी थियो । गत वर्ष गएकाहरूले रेमिटेन्स पठाउन थालेपछि पुनः यो वर्ष रेमिटेन्स भित्रिने दर बढेको हो ।

लोकप्रिय