सह–सचिव सेवा लम्साल सचिवमा बढुवा

सह–सचिव सेवा लम्साल सचिवमा बढुवा

काठमाडौँ । परराष्ट्र सेवाकी सहसचिव सेवा लम्साल सचिवमा बढुवा भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लम्साललाई सचिवमा बढुवा गरेको हो ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी नेतृत्वको बढुवा सिफारिस समितिले परराष्ट्रतर्फ रिक्त एक सचिव पदका लागि सहसचिव लम्सालको नाम सिफारिस गरेको थियो । बढुवासँगै लम्सालको परराष्ट्र मन्त्रालयको सचिवमा पदस्थापन पनि भएको छ ।

लोकप्रिय