मुलुकको समृद्धिका लागि खेलकूदको विकास जरुरी छ : अध्यक्ष मानन्धर

मुलुकको समृद्धिका लागि खेलकूदको विकास जरुरी छ : अध्यक्ष मानन्धर

 

हरिनास । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ नाराको साथ स्याङ्गजाको हरिनास गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । आजबाट सुरु भएको प्रतियोगितामा पालिकाभित्र रहेका ९ वटा विद्यालयहरु सहभागि रहेका छन् ।
भव्य समारोहका बीच प्रतियोगिताको उद्घाटन गर्दै हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले खेलकूदको विकास हुनसके मात्र मुलुकको समृद्धिमा  महत्वपूर्ण योगदान पुग्ने बताए ।

‘खेलकूदको विकास हुन सकेमात्र कुशल, अनुशासित स्वास्थ्य शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन हुनसक्छ । नागरिक स्वस्थ्य भएमात्र मुलुकको समृद्धि र विकास हुन सक्छ’ भन्दै अध्यक्ष मानन्धरले खेलको महत्वलाई सबैले बुझ्न जरुरी रहेको बताए ।
स्वास्थ्य शरीर नै एउटा मान्छेका लागि सुख हो, आनन्द हो । खेलकुदले मानव स्वास्थ्यका लागि महत्वपूर्ण भुमिका खेलेको देखिन्छ । शारिरिक व्यायम मान्छेका लागि अनिवार्य सर्तका रुपमा जोडिनुपर्नेमा अध्यक्ष मानन्धरले जोड दिए ।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्र्तगतका ४ सय मिटर दौड, सर्टफुट आजै सम्पन्न भईसकेका छन् भने भलिबल खेलको समेत शुभारम्भ भएको छ ।
४ सय मिटर दौड प्रतियोगितामा छात्रतर्फ मातृभूमि माविका विद्यार्थी मिन बहादुर थापा प्रथम भएको छन् भने महिमा माविका सुजन सिग्देल दोस्रो भएका छन् । त्यसैगरी छात्रातर्फ जनजागृति मावि गिरकोटका बिमला प्रथम भएकी छिन् भने महिला माविका दिक्षा पौडेल दोस्रो भएकी छिन् ।
सर्ट फुटमा महिमा माविका विद्याथी सुरज थापा प्रथम हुन सफल भएका छन् भने पिताम्बर माविका विवेक मानन्धर द्वितिय स्थान हाँसिल गर्न सफल भएका छन् ।
त्यसैगरी भलिबल प्रतियोगितामा दुई खेल सम्पन्न भएको छ । मातृभूमि मावि र अमलाभञ्जाङ्ग माविबीचको खेलमा मातृभूमिले जित हाँसिल गरेको छ । त्यसैगरी महिमा मावि र पिताम्बर माविबीच भएको खेलमा पिताम्बर माविले जित हाँसिल गरेको छ । प्रतियोगिता आगामी शनिबारसम्म चल्नेछ ।

लोकप्रिय