नेपाली विद्यार्थी विदेश पलायन हैन, लाखौँ विदेशी विद्यार्थी भित्र्याउने प्याब्सनको दाबी

नेपाली विद्यार्थी विदेश पलायन हैन, लाखौँ विदेशी विद्यार्थी भित्र्याउने प्याब्सनको दाबी

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का अध्यक्ष डिके ढुंगानाले सवा लाख विदेशी विद्यार्थी नेपाल भित्र्याउने ध्येय रहेको बताएका छन् ।

उनले प्याब्सनको एकमात्रै लक्ष्य नेपालको शिक्षालाई अन्तरराष्ट्रिय स्तरमा पुर्याउनु रहेको पनि दाबी गरे । उनले सवा लाख विद्यार्थी विदेश जाने नभई त्यति विद्यार्थी नेपाल भित्र्याउने बताए ।

शुक्रवार काठमाडौँमा प्याब्सनले आयोजना गरेको दुईदिने अन्तरराष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । ढुंगानाले भने, ‘हाम्रो देशबाट वर्षेनी सवा लाख विद्यार्थी विदेश गइरहेका छन् । सवा लाख विद्यार्थी विदेश जाने नभई सवा लाख विद्यार्थी नेपाल भित्र्याउने ध्येय हाम्रो प्याब्सनको हो । हाम्रो एउटा मात्रै ध्येय नेपालको शिक्षालाई कसरी हामी अन्तरराष्ट्रिय स्तरमा पुर्याउन सक्छौँ ।’

यसका लागि अध्यक्ष ढुंगानाले निजी विद्यालयलाई पनि सरकारले नीतिमा सहजता र सरलता, कक्षा कोठा, भौतिक पूर्वाधार विकासका लागि चाहिने सहयोगमा सामुदायिक विद्यालयझैँ गरी अघि बढाउन कसरी सक्छ भन्ने बारेमा छलफल गर्ने बताए ।

कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाललाई शैक्षिक केन्द्र बनाउनुपर्ने बताएका छन् । उनले नेपाललाई एजुकेशनल हब बनाउनसके र नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्नसके नेपालको स्तर माथि उठ्ने दाबी गरे ।

लोकप्रिय