चाँंगुनारायण नगरपालिकाको नयाँ भबनको उद्घाटन

चाँंगुनारायण नगरपालिकाको नयाँ भबनको उद्घाटन

भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिकाको आफनै भव्य नयाँ भबन तयार पारेको छ । कार्यालय भबनको शुक्रबार एक भव्य समारोहबिच नगर प्रमुख जीवन खत्रीले उदघाटन गरेका छन् । चाँंगुनारायण नगरपालिका–५ छालिंग घुमाउने खरिपाटीमा भबन तयार भएको हो । भबन नगरकोट जाने रोड छेउमै तल रहेको छ । यो ठाउँं भक्तपुरको खरिपाटी नजिकै छ ।

भबन २१ रोपनी तीन आनाको पर्ति जग्गाको क्षेत्रफलमा बनेको हो । भबन कुल ३२ करोड ७३ लाख सालाखालामा बनेको बताइएको छ । भबन बनाउन जिल्ला समन्वय समिति भक्तपुरबाट तीन करोड, केन्द्र सरकारबाट साढे करोड प्राप्त भएको जनाइएको छ । बाँंकी रकम नगरपालिकाले लगानी गरेको हो ।

भबन उदघाटन कार्यक्रममा नगरपालिकाका उपप्रमुख रमेश वुढाथोकी, चाँंगुनारायण नगरपालिका वडा नं १ देखि ९ सम्मकै वडा अध्यक्षलगायत अन्य विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

लोकप्रिय