नगरकोटमा जिपलाइन सञ्चालन

नगरकोटमा जिपलाइन सञ्चालन

काठमाडौं । भक्तपुरको नगरकोटमा जिपलाइन सञ्चालनमा ल्याइएको छ । चाँगुनारायण नगरपालिका–६ र ७ मा फैलिएको २ हजार २५० मिटर लामो जिपलाइन शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

पर्यटनमन्त्री सुदन किराँतीले उद्घाटन गर्दै नगरकोटमा जिपलाइन सञ्चालनमा आएसँगै यसले नेपालको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने बताए । नगरकोटमा केदार थापा, प्रेम बहादुर बस्नेत लगायतको समूहले उक्त जिपलाइन सञ्चालन गरेका हुन् । उक्त जिपलाइन नेपालकै लामो रहेको दाबी गरिएको छ ।

नेपालमा आउने पर्यटकहरूमध्ये ९० प्रतिशत नगरकोट आउने भएकाले उनीहरूलाई लक्षित गरी जिपलाइन सञ्चालनमा ल्याइएको थापाले बताए । जिपलाइन बनाउन करिब १५ करोड रूपैयाँ खर्च भएको बताइएको छ ।

लोकप्रिय