हरिनासमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता जारी, आज विभिन्न खेलहरु हुँदै

हरिनासमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता जारी, आज विभिन्न खेलहरु हुँदै

स्याङ्जा । स्याङ्जाको हरिनास गाँउपालिकामा जारी राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको दोस्रो दिन अर्थात शुक्रबार विविध खेलहरु सम्पन्न भएका छन् ।

१०० मिटर दुरीको छात्रहरुको दौडमा महिमा माविका विद्यार्थी साइमन रानाले स्वर्ण पदक, कालिका देउराली माविका सुजन बस्यालले रजत पदक र मातृभुमि माविका साजन थापाले कास्य पदक प्राप्त गरेका छन् ।

यस्तै १०० मिटर छात्राहरुको दौडमा जनजागृति माविका छात्रा निरमाया मानन्धरले स्वर्णपदक, आधारभुत माविका छात्रा लक्ष्मी खातीले रजत पदक र महिमा मावि र कालिका देउराली माविका छात्राहरु क्रमश सपना भुजेल र सम्झना गैरेले कास्य पदक प्राप्त गरेकी हुन् ।

२०० मिटर छात्रहरुको दौडमा कालिका देउराली माविका छात्र विकास मानन्धरले स्वर्ण, मातृभुमि माविका मिन बहादुर थापाले रजत र भोजप्रकाश माविका छात्र आकाश अधिकारीले कास्य पदक प्राप्त गरेका छन् ।

२०० मिटर छात्राहरुको दौडमा जनजागृति माविका छात्रा सजिना मानन्धरले स्वर्ण, आधारभुत माविका छात्रा दृष्टि थापाले रजत र पिताम्वर माविका ममता वि.क.ले कास्य पदक हासिल गरेका छन् । १५०० मिटर छात्रहरुको दौडमा मातृभुमि माविका छात्र नम नारायण मानन्धरले स्वर्ण, महिमा माविका छात्र सुजन सिग्देलले रजत र कालिका देउराली माविका छात्र गगन थापाले कास्य पदक प्राप्त गरेका छन् ।

यस्तै छात्रहरुको भलिबल तर्फ कालिका देउराली मावि र जनकल्याण मावि बिचको भलिबल खेलमा कालिका देउरालीले पहिलो सेट २५/१४ र दोस्रो सेट २५/१७ को अन्तरमा विजय हासिल गर्दै सेमिफाइलनमा प्रवेश गरेको छ भने, भोजप्रकाश मावि र जनजागृति मावि बिचको खेलमा भोजप्रकाश माविले पहिलो सेट २५/१७ र दोस्रो सेट २५/१० को अन्तरमा विजय हाशिल गर्दै सेमिफाइनलमा प्रबेश गरेको छ । यस्तै आधारभुत मावि र पिताम्बर मावि बिचको खेलमा पिताम्बर माविले पहिलो सेट २५/१३ र दोस्रो सेट २५/१७ को अन्तरमा जित हाशिल गर्दै सेमिफाइनलमा प्रबेश गरेको छ ।

त्यस्तै गरि पहिलो सेमिफाइनलमा भोजप्रकाश मावि र कालिका देउराली बिचको खेलमा भोजप्रकाश माविले पहिलो सेट २५/१७ र दोस्रो सेट २५/१३ को अन्तरले जित हाशिल गर्दै फाइनलमा प्रवेश गरेको छ । त्यस्तै गरि दोस्रो सेमिफाइनलमा पिताम्बर मावि र मातृभुमि मावि बिचको खेलमा पिताम्बर माविले पहिले सेट २५/१५ र दोस्रो सेट २५/२० को अन्तरले जित हाशिल गर्दै फाइनलमा प्रबेश गरेको छ ।

प्रतियोगितामा आज (शनिबार) पहिलो भलिबल खेल मातृभुमि मावि र कालिका देउराली मावि तेस्रो र चौथोको लागि हुनेछ र दोस्रो खेल भोजप्रकाश मावि र पिताम्बर माविको फाइनल खेल हुनेछ । त्यस्तै गरी शनिबार नै लङ्गजम्प, हाइजम्प र ट्रिपलजम्प पनि हुने गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले जानकारी दिए ।

लोकप्रिय