सर्वोच्चका प्रस्तावित न्यायाधीश पौडेल र ढुंगानाको सुनुवाइ हुँदै

सर्वोच्चका प्रस्तावित न्यायाधीश पौडेल र ढुंगानाको सुनुवाइ हुँदै

काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज (आईतबार) बिहान ११ बजे बस्दै छ । बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगानाको बैठकमा सुनुवाइ हुने कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछ । यस अघि सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको सुनुवाइ भइसकेको छ । प्रस्तावित ६ न्यायाधीशविरुद्ध १० वटा उजुरी परेको संसद् सचिवालयले जानकारी दिएको छ ।

लोकप्रिय