पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकियो एमालेको संकल्प यात्रा
काठमाडौं । नेकपा एमालेको पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा चिवाभञ्ज्याङ पुगेर सकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर संकल्प अभियानको समापन गरेका छन् ।
गत मंसिर १४ गते भारतसँगको सीमाना जोडिएको बैतडीको झुलाघाटमा अध्यक्ष ओलीले झण्डोत्तोलन नै गरेर अभियानको आरम्भ गरेका थिए । पाँचथर सदरमुकाम फिदिमबाट ओली आजै नेपाल भारत सीमा क्षेत्रमा रहेको चिवाभञ्ज्याङ पुगेर देश र जनताको हितलाई सर्वोपरी ठान्नेहरुमा मध्यपहाडी संकल्प यात्राले उत्साहित बनाएको बताए ।
‘संकल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको छ । देश र जनताको हितलाई सर्वोपरी ठान्नेहरुको मनोबल उच्च बनाएको छ’ ओलीले भनेका छन् । संकल्प यात्राले मुलुकमा ब्याप्त निराशा चिर्न सक्ने शक्ति एमाले भएको समेत पुष्टि गरेको अध्यक्ष ओलीको दाबी छ ।
प्रतिकृया दिनुहोस्