एन आई सी एशिया बैंक र युएईको अल नासारी इक्स्चेन्ज बिच रणनीतिक साँझेदारी

एन आई सी एशिया बैंक र युएईको अल नासारी इक्स्चेन्ज बिच रणनीतिक साँझेदारी

काठमाडौँ । रोजगारको शिलशिलामा संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आएका नेपालीहरुले नेपालमा सजिलै रकम पठाउन सक्ने गरी एन आई सी एशिया बैंक र अल नासारी इक्स्चेन्ज (Al Ansari Exchange) बीच उक्त रणनीतिक साझेदारी भएको छ ।

समझदारी अनुसार युएईमा आक्रामक बजार विस्तार गरिरहेको उक्त कम्पनीका २५० भन्दा बढी शाखा कार्यालयहरु तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप) बाट नेपालमा रकम पठाउन सहज हुने दुबै साझेदारको विश्वास रहेको छ ।

साझेदारी कार्यान्वयनमा आए पश्चात् अब (Al Ansari Exchange) बाट यस बैंकका साथै नेपालका जुनसुकै बैंकका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिनेछ । भौतिक रुपमा युएईभर तथा वेबसाइट तथा मोबाइल एपबाट डिजिटल रुपमा दरिलो उपस्थिति रहेको उक्त (Al Ansari Exchange) कम्पनीबाट पठाइएको रकम यस बैंकका ३६० शाखा कार्यालय, १११ विस्तारित काउन्टर, ५५ वटा शाखा रहित बैंकिङ्ग इकाई र १६ हजार भन्दा बढी रेमिटेन्स एजेन्टहरूमार्फत सहजै भुक्तानी लिन सकिनेछ ।

साथै, यस बैंकको मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) भित्र रहेको Remittance आइकनमा ट्याप गरेर Receive Remit भित्र आफुलाई प्राप्त रकम र Unique PIN विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गरी रेमिटेन्स रकम सहजै बुझ्न सकिने व्यवस्था समेत रहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए ।

लोकप्रिय