बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्र भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (सोमबार) बिहान ६ः५२ बजेतिर बाजुराको कोल्टी केन्द्र भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ३.५ रेक्टर स्केल मापन भएको छ ।

पछिल्लो समय देशका विभिन्न ठाउँमा सानो तथा ठूला भूकम्पहरु गइरहेका छन् । गत कात्तिकमा जाजरकोट केन्द्र भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ । जाजरकोट अगाडि बजाङ केन्द्र भएर गएको भूकम्पबाट सुदूरपश्चिमका पहाडी जिल्लामा जनधनको क्षति भएको थियो ।

लोकप्रिय