कुवेतका अमिर शेख नवाफको निधनमा सरकारले आज शोक मनाउने
काठमाडौं । सरकारले कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सोमबार शोक मनाउने भएको छ । शेख नवाफको गत मंसिर ३० गते ८६ वर्षको उमेरमा निधन भएको थियो ।
उनको निधनप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट गहिरो दुःख प्रकट गर्दै सोमबार शोक मनाउने गृहमन्त्रालयले जनाएको छ ।
‘कुवेत सरकार, कुवेती जनता र स्वर्गीय अमिरको परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्ने र स्वर्गीय अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको सम्मानमा मिति २०८० पुस २ गते शोक मनाउने तथा नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०८/०९/०१ गते निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतिकृया दिनुहोस्