मेलम्चीको पानीमा चलखेल बन्द गर्न माग गर्दै विरोध प्रदर्शन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पानीको आपूर्तीको लागि महत्वपूर्ण मानिएको मेलम्ची खानेपानी आयोजनामा चलखेल बन्द गर्न माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।
सोमबार काठमाडौँको कोटेश्वरमा भेला भएर स्थानीयले खाली भाडासहित प्रदर्शन गरेका हुन् । मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण गर्न माग गर्दै प्रदर्शन गरेको प्रदेश सांसद समेत रहेका सुनिल केसीले जानकारी दिए ।
मेलम्चीको पानी माथिको चलखेल तत्काल बन्द गर्दै पानी तत्काल वितरण गर्नुपर्ने उनीहरुको माग छ । कोटेश्वर चोकबाट र्यालीसहित स्थानीय तीनकुनेतर्फ अघि बढेका छन् ।
उपत्यका खानेपानी सङ्घर्ष समितिको आह्वानमा प्रदर्शन गरेको सांसद केसीको भनाइ छ । गत वर्ष वितरण सुरु भएको मेलम्चीको पानी पुन मुहान मर्मत गर्नुपर्ने भन्दै हाल रोकिएको छ ।
प्रतिकृया दिनुहोस्