सुनको मुल्य तोलाको १ लाख १७ हजार ८ सय

सुनको मुल्य तोलाको १ लाख १७ हजार ८ सय

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य तोलाको १ लाख १७ हजार ८ सय पुगेको छ । शनिबार र आइतबार अन्तराष्ट्रिय बजार बन्द रहनेभएपछि सोमबार पनि सुनको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शनिबारदेखि सुनको कारोबार प्रतितोला एक लाख १७ हजार आठ सय रूपैयाँमा भइरहेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार तीन सय रूपैयाँले कमी हो ।

गत शुक्रबार सुन प्रतितोला एक लाख १९ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो । बिहीबार एक लाख १८ हजार ८ सय रूपैयाँ थियो ।

सोमबार चाँदी प्रतितोला एक हजार चार सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार भने चाँदी प्रतितोला एक हजार चार सय ७० रूपैयाँमा कारोबार भएको थियो ।

लोकप्रिय