विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता सहित हरिनासमा पाँचौ राष्ट्रपतिकप सम्पन्न

विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता सहित हरिनासमा पाँचौ राष्ट्रपतिकप सम्पन्न

स्याङ्जा । ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराको साथ स्याङ्जा जिल्ला हरिनास गाँउपालिकामा पाँचौ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । तिन दिन सम्म सञ्चालनमा रहेको प्रतियोगितामा स्थानीय युवाहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रतियोगितामा छात्रतर्फको हाइजम्प ४.३ फिटको उचाइमा कालिका देउराली माविका छात्र सुबोध थापाले स्वर्ण पदक हासिल गरेका छन् भने अमलाभञ्ज्याङ माविका छात्र रोशन भुजेलले रजत पदक प्राप्त गरेका छन् । यस्तै भोजप्रकाश माविका छात्र पुर्णबहादुर रानाले कास्य पदक जितेका हुन् ।

यस्तै छात्रातर्फको हाइजम्प ३.६.५ फिटको उचाइमा जनजागृति माविका छात्रा विमला मानन्धरले स्वर्ण पदक हाशिल गरेकी छन् भने भोजप्रकाश माविका छात्रा आरती मानन्धरले रजत पदक प्राप्त गरेकी छन । भने पिताम्वर माविका छात्रा ममता विकले कास्य पदक हासिल गरिन् ।

छात्रतर्फको लङ्गजम्पमा पिताम्वर माविका छात्र रोहित वि.सी.ले १५ फिट को दुरी कायम राख्दै स्वर्णपदक हशिल गरेका छन भने कालिका देउराली माविका छात्र सुबोध थापाले १४.९ फिटको दुरी कायम राख्दै रजत पदक हासिल गरे । भने महिमा माविका छात्र कुमार गुरुङ्गले १४.६ फिटको दुरी कायम राख्दै कास्य पदक जितेका हुन् ।

छात्रातर्फको लङ्गजम्पमा जनजागृति माविका छात्रा विमला मानन्धरले स्वर्णपदक हसिल गरेकी छन भने महिमा माविका छात्रा दिक्षा पौडेलले रजत पदक हासिल गरेकी छन् । यस्तै अमला भञ्ज्याङ्ग माविका छात्रा विष्णु केसीले कास्य पदक हासिल गरिन् ।

छात्रतर्फको ट्रिपलजम्पमा पिताम्वर माविका छात्र रोहित वि.सी.ले स्वर्णपदक हशिल गरेका छन भने महिमा माविका छात्र विशाल भुजेलले रजत पदक हासिल गरेका छन् । मातृभुमि माविका छात्र विवश थापाले कास्य पदक हासिल गरेका छन् ।

कास्य तर्फको लागि भलिबलमा मातृभुमि मावि र कालिका देउराली मावि बिचको खेलमा ‘वेष्ट अफ फाइभ’मा पाँचौ सेट अर्थात अन्तिम सेट १५ मा हुने खेलमा मातृभुमि माविले २० को विरुद्ध २२ अंक ल्याएर मातृभुमि माविले कास्यपदक हासिल गरेको थियो ।

स्वर्ण र रजत तर्फको लागी भोजप्रकाश मावि र पिताम्बर मावि बिचको खेलमा सोझो सेटमा पिताम्बर माविले स्वर्ण र भोजप्रकाश माविले रजत पदक हाशिल गरेको छ ।

रनिङ्गशिल्डको तर्फमा जनजागृति मावि हरिनास ४ गृहकोटले ५ स्वर्ण सहित प्रथम स्थान त्यस्तैगरी पिताम्बर मावि हरिनास ६ क्याक्मीले ३ स्वर्ण सहित दोस्रो स्थान र महिमा मावि हरिनास २ चिसापानीले २ स्वर्ण सहित तेस्रो स्थान ल्याउन सफल भएका छन् ।

लोकप्रिय