चीनको उत्तर–पश्चिममा भूकम्प, १११ जनाको मृत्यु
- dainiksamaj
- २०८० पुष ३, मंगलवार

चीन । उत्तर पश्चिम चीनमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या १११ पुगेको छ । गान्सु प्रान्तमा सोमबार गएको ५.९ म्याग्निच्युडको भूकम्पमा कम्तीमा १११ जनाको मृत्यु भएको छ भने २२० जना घाइते भएका बीबीसीले जनाएको छ ।
गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्प ५.९ म्याग्निच्युड १० किलोमिटर गहिराइमा गएको जनाएको छ । प्रभावित क्षेत्रमा बिहानैदेखि उद्धार कार्य सुरु भएको छ ।
आपतकालिन कामदारहरूले उच्च उचाइ क्षेत्रमा रहेका मानिसको उद्धारको क्रममा चिसोले समस्या भएको बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको सबैभन्दा गरिब क्षेत्र मध्ये एक गान्सुमा पूर्ण उद्धार प्रयास गर्न निर्देशन दिएका छन् । एजेन्सी ।
Post Views: 196
- रोनाल्डो जुनियरको दुई गोलमा पोर्चुगलको जित
- कोशी प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
- अझै बनेन झापाको बिरिङ खोलाको पुल
- धुलिखेल–साँगा सडकखण्ड कालोपत्र सुरु गरिँदै
- टी-२० विश्वकप छनोटमा नेपालले युएईको सामना गर्दै
- दिल्लीलाई १० विकेटले हराउँदै गुजरात प्लेअफमा
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर
- देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव,केही भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना
- राजस्थान रोयल्समाथि पञ्जाव १० रनले विजयी
लोकप्रिय
-
सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि १० दिने आधारभूत तालिम सञ्चालन
२०८२ बैशाख ३०, मंगलवार -
देशभर विद्युत आपूर्तिमा समस्या, यस्तो छ कारण
२०८२ जेष्ठ २, शुक्रबार -
चेपाङ समुदायको बसोबास रहेको स्थानमा पहिलो पटक पुग्यो हाते ट्रयाक्टर
२०८२ बैशाख २८, आईतवार -
५३ वर्षदेखि पृथ्वीको कक्षमा अड्किएको अन्तरिक्ष यान पृथ्वीमा खस्यो
२०८२ बैशाख २९, सोमबार -
सुदूरपश्चिमको मन्त्री छान्दा चौधरी दम्पतिबीच फेरी लफडा
२०८२ जेष्ठ २, शुक्रबार
प्रतिकृया दिनुहोस्