आइपिएल मिनी अक्सन आज, सर्ट लिस्टमा परेका ७७ बढि खेलाडी बिक्री हुँदै

आइपिएल मिनी अक्सन आज, सर्ट लिस्टमा परेका ७७ बढि खेलाडी बिक्री हुँदै

दुबई । इण्डियन प्रिमियर लिग (आइपिएल) को १७औं सिजनको मिनी अक्सन आज हुँदैछ । अक्सन दुबईमा दिउँसो १ः१५ बजेदेखि सुरु हुने बताइएको छ । आइपिएलका १० फ्रेन्चाइजीले अक्सन सूचीबाट बढीमा ७७ खेलाडी अनुबन्ध गर्नेछन् । यसपटक अक्सनको सर्ट लिस्टमा कुल ३ सय ३३ खेलाडी रहेका छन् ।

अक्सनमा सबैभन्दा बढी रकम गुजरात टाइटन्ससँग रहेको छ । गुजरात संग ३८ करोड १५ लाख भारु रहेको छ । यसपटक सबैभन्दा कम रकम लखनऊ सुपर जायन्ट्ससँग छ । उसँग अक्सनमा १३ करोड १५ भारुमा मात्र रहेको छ ।

यस्तै, कोलकाता नाइट राइडर्समा सबैभन्दा बढी १२ खेलाडीका लागि ठाउँ खाली छ । आइपिएलमा हाल १० टोली छन् । सबै फ्रेन्चाइजीहरूले आफ्नो टोलीमा १८ देखि २५ खेलाडीहरू राख्न पाउँछन् । जसमा बढीमा ८ विदेशी खेलाडीलाई अनुबन्ध गर्नुपर्छ ।

आइपिएल अक्सनमा कुल १ हजार १६६ खेलाडीले नाम दर्ता गराएका थिए । जसमा ८३० भारतीय र ३३६ विदेशी खेलाडी थिए । सबै खेलाडीको नाम फ्रेन्चाइज टोलीलाई पठाइएको थियो । जसमध्ये १० टोलीले ३ सय ३३ खेलाडी खरिद गर्न चासो देखाए ।

तीमध्ये ३३३ मध्ये २१४ भारतीय र ११९ विदेशी खेलाडी छन् । विदेशी खेलाडीमध्ये २ खेलाडी एसोसिएट देशका पनि छन् । ३३३ मध्ये ११८ अन्तर्राष्ट्रिय र २१५ अनक्याप्ड खेलाडी छन् । अनक्याप्ड भन्नाले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू नगरेका खेलाडीलाई बुझिन्छ । जसमा यू–१९ र घरेलु क्रिकेटका खेलाडी पर्छन् । यसपटक पनि केही नेपाली खेलाडीले आइपिएल अक्सनमा नाम दर्ता गराएका थिए । तर, अक्सनको अन्तिम सूचीमा भने कुनै पनि नेपाली खेलाडी अटाएनन् ।

हालसम्म नेपालबाट स्पिनर सन्दीप लामिछानेले मात्र आइपिएल खेलेका छन् । उनले सन् २०१८ मा दिल्ली क्यापिटल्सबाट आइपिएलमा डेब्यू गरेका थिए । २०२२ सम्म दिल्लीमा रहेका सन्दीप त्यसपछि भने आइपिएलमा बिक्री हुन सकेका छैनन् । एजेन्सी ।

लोकप्रिय