रौतहटमा जग्गा विवाद हुँदा स्थानीयको घर तोडफोड (भिडियो सहित)
काठमाण्डौ । रौतहटको चन्द्रनिगापुर–१ मा एक स्थानीयको घरमा तोडफोड भएको छ । जग्गा विवादले उग्र रूप लिँदा घर तोडफोड भएको स्थानीयले बताएका छन् । जग्गा विवादमा स्थानीय नेसाबुन नेसाको घरमा तोडफोड भएको हो । शुक्रबार भएको तोडफोडमा नेसाको घरमा आंशिक क्षति पुगेको छ ।
गाउँमा जग्गा विवाद परेपछि २०७२ सालमा नेसाबुन नेसा लगायत ७ जनाको विपक्षमा ढुण्डिराज उप्रेती र नीरज भण्डारीले दायर गरेका रिटमा जिल्ला अदालत रौतहटले २०७४ जेठ २१ गते स्थानीय नसा लगायतको पक्षमा फैसला भएको थियो । सो फैसला चित्त नबुझेको भन्दै उप्रेती र भण्डारीले उच्च अदालतमा जनकपुरको वीरगन्ज इजलासमा रिट दिएकोमा उच्चले समेत प्रतिवादको पक्षमा २०७४ चैत्र १६ मा फैसला गर्दै जिल्ला अदालतको फैसला सदर गरेको थियो ।
उच्चको फैसला समेतलाई चित्त नबुझाई उप्रेती र भण्डारीमा सर्वोच्च अदालतमा पुनरावेदन भएकोमा हालसम्म पनि विचाराधीन अवस्थामा रहेको स्थानीय प्रशासनको मिलेमतोमा गुन्डा लगाएर घर लगायतका भौतिक संरचनामा क्षति पुगेको पीडितको आरोप रहेको छ ।
साथै पीडितले जिल्ला प्रशासन कार्यालयमा जिउधनको सुरक्षाका लागि पेस गरेको निवेदन अनुसार आफूहरूले सुरक्षा नपाएकोले प्रशासन समेत पिडक उप्रेती र भण्डारी सँग मिलेमतो गरेको आरोप लगाएका छन् । नेसाले उप्रेती र भण्डारीले तोडफोडका लागि पठाएका गुन्डासँगै आएका प्रहरी समेत मुख दर्शक बनेको बताए । तोडफोडबाट आफ्नो टिनको छाना लगाएको घरमा सबैतिर टिन च्यातिएकोले करिब ५ लाख बराबरको क्षति भएको बताए ।
यसै विषयमा रौतहटका प्रमुख जिल्ला अधिकारी ध्रमेन्द्र कुमार मिश्रले आफूलाई यस विषयमा जानकारी नभएको भन्दै, नागरिकको जिउ धनको सुरक्षाको जिम्मा सरकारको भन्दै त्यसको प्रत्याभूत दिलाउने जानकारी दिए ।
मिश्र गत शुक्रबार नै सुरुवा भएका छन् भने नयाँ प्रजिअ हिरालाल रेग्मीले आफू नयाँ भएकाले यस बारे बुझेर राज्यको तर्फबाट सुरक्षाको प्रत्याभूत दिलाउने बताए । प्रजिअ रेग्मीले अदालतमा विचाराधीन मुद्दामा कसैलाई डर धम्की देखाएको भए आवश्यक प्रक्रियामा कारबाही गर्ने बताए ।
भिडियो लिंक:
https://www.facebook.com/dainiksamajonline/videos/731212742256546
प्रतिकृया दिनुहोस्