प्रधानमन्त्री प्रचण्डले भने, ‘एनसेल प्रकरणमा हुन खोजेको चलखेल रोक्न अन्तिम लडाइँ लड्छु’

प्रधानमन्त्री प्रचण्डले भने, ‘एनसेल प्रकरणमा हुन खोजेको चलखेल रोक्न अन्तिम लडाइँ लड्छु’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद बिक्रीका विषयमा आफू धेरै गम्भीर रहेको र राष्ट्र र जनताको हितका विपरीत हुन खोजेको चलखेललाई रोक्नका लागि अन्तिम लडाइँ लड्ने बताएका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘म जस्तोसुकै मूल्य चुकाउनुपर्योक भने पनि राष्ट्र र जनतालाई क्षति हुने काम गर्न दिन्नँ भनेर अगाडि बढेको हो ।’

प्रचण्डले सरकारद्वारा गठिति समितिका सन्दर्भमा सांसदहरूले उठाएका प्रश्नको पनि जवाफ दिएका थिए । उनले नियामक निकायले नियमन गर्ने सम्बन्धमा छुट्टै कानुनी व्यवस्था भएको र त्यस अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले प्रचलित कानुन बमोजिम सेयर खरिद बिक्री भए नभएको सम्बन्धमा नियमन र कारबाही गर्ने उनले बताए । ‘उसलाई त्यसो गर्न समिति गठनले कहीँ रोकेको छैन । रोक्ने मनशाय राखेको पनि छैन’, उनले भने ।

प्रधानमन्त्रीले खरिद बिक्री प्रक्रियामा राजस्व छलि, नेपाल सरकारमा स्वामित्व हस्तान्तरणका सम्बन्धमा कानुनी व्यवस्थाको उल्लंघन भएको हो कि भन्ने आम चासो रहेको र यसबाट नेपालको समग्र दूरसञ्चार क्षेत्रको विकास र वैदेशिक लगानीमा पार्ने प्रभावको बारेमा छुट्टै अध्ययन गर्नुपर्ने आवश्यकता महसुस भएकोले समिति बनाइएको समेत बताए ।

लोकप्रिय