डिल्लीरमण रेग्मीको स्मृतिमा शान्ति दिवस
काठमाडौं । राजनीतिज्ञ तथा इतिहासकार डिल्लीरमण रेग्मीको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । आज (मंगलबार) लाजिम्पाटस्थित डिल्लिरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालयको भवनमा एक कार्यक्रमबीच डिल्लीराम रेग्मीको जन्मजयन्ती मनाइएको हो ।
कार्यक्रममा पुस्तकालय विकास समितिका अध्यक्ष गोपाल छाङ्छा राईले जहानिया राणा शाषण, पञ्चायती व्यवस्था अन्त्यका लागि रेग्मीको भूमिकाको स्मरण गर्दै हरेक वर्ष जन्मजयन्ती मनाउने गरेको बताए ।
अध्यक्ष राइले पुस्तकालयको जग्गा विवाद विषयमा अदालतमा मुद्दा चलिरहेको कारणले भवन निर्माण हुन नसकेको स्पष्ट पारेका छन् । नयाँ भवन निर्माण हुन नसक्दा पुस्तकालय अहिले जीर्ण अवस्थामा पुगेको अध्यक्ष राइले बताए ।
स्वर्गीय रेग्मीका नातिनीले हजुरबुवाको सम्पति आफैले उपभोग गर्न पाउनुपर्ने भन्दै अदालतमा उजुरी दिएपछि अहिले मुद्दा चलिरहेको अध्यक्ष राइको भनाइ छ ।
जग्गा विवाद विषयमा विगत सात वर्षदेखि अदालतमा मुद्दा विचारधीन अवस्थामा रहेको छ ।
अध्यक्ष राइले अब अदालतबाट कुनै निर्णय नभएकाले आफ्नो कार्यकालभित्र मुद्दा टुंग्याएर पुस्तकालयको भवन निर्माण गर्न त्यही अनुसार कार्य थालनी गरेको जनाए ।
अब आफ्नो नेतृत्वमा प्रधानमन्त्रीसँग डेलिकेसनको लागि जाने तयारी रहेको उनले बताएका छन् ।
रेग्मीले आफ्नो मृत्युपछि उक्त सम्पति आफ्नो र पत्नीको नाम रहने गरी सरकारलाई हस्तान्तरण गरेका थिए । तर अहिले रेग्मीकै नातिनीले जग्गा सरकारको नामममा नभएर व्यक्तिगत हुनुपर्ने भन्दै अदालतमा उजुरी दिएको कारण मुद्दा विचारधीण अवस्थामा छ ।
रेग्मीले आफ्नो संग्रहमा रहेका २५ हजारभन्दा बढी पुस्तकसमेत हस्तान्तरण गरेका थिए । जसमा नेपाली, अंग्रेजी, हिन्दी, नेवारी, संस्कृत भाषामा लेखिएका इतिहास, संस्कृति, समाजशास्त्र, अर्थशास्त्र, साहित्य विषयक पुस्तक छन् ।
त्यसमा रेग्मीकृत चर्चित इतिहास पुस्तकहरू ‘मोर्डन नेपाल’ भाग एक र दुई, ‘मेडिएभल नेपाल’ भाग एक र दुई लगायत छन् । हाल पुस्तकालयमा तीन हजारभन्दा बढी विभिन्न पुस्तकहरू छन् । त्यहाँ पुस्तकहरू निशुल्क अवलोकण गर्न सकिने व्यवस्था छ ।
प्रतिकृया दिनुहोस्