नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी भोली देखि सुरु हुँदै
काठमाडौँ । चौथौ नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी तथा नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रर्दशनी यहि पौष ५ गते अर्थात भोलीबाट सुरु हुने भएको छ । पौष ७ गते तिन दिन सम्म चल्ने प्रदर्शन काठमाडौँको भृकुटीमण्डपमा सुरु हुन लागेको हो ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि, फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि. र एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा. लि ले विगतका वर्षहरुझैं यस वर्ष पनि प्रदर्शनीको आयोजना गरेका हुन् । प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहने छन् ।
नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी तथा नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रदर्शनी, सम्मेलन र साझेदारीलाई मुख्य प्रथामिमता दिइएको छ । यी तीन विशेषताहरूलाई एउटै ठाउँमा ल्याई नेपालका विभिन्न उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउनका लागि यो प्रदर्शनीले केन्द्रीय भूमिका निर्वाह गर्दछ ।
नेपाल फर्मा र हेल्थ प्रदर्शनीले स्थानीय औषधि, चिकित्सा र स्वास्थ्य सेवा उद्योगका लागि सञ्जालको काम पनि गरी औषधोपचारको क्षेत्रमा नयाँ आविष्कार देखि नयाँ औषधिको विकाससम्मको विश्वव्यापी नवीनता प्रविष्ट गराउने छ भने नेपाल फाईभ पि प्रदर्शनिमा प्लास्टिक प्रोसेसिङ् मेसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मेसिन, प्रिन्टिङ् मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मेसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मेसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुको सहभागिता रहने छ ।
प्रदर्शनीेले विभिन्न देशका कम्पनिहरू र ब्राण्डहरू सहित बिजिनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्ने छ । एक्सपोले नयाँ आविष्कारहरू र नयाँ बजारको खोजी गर्दै नेपालका उद्योगहरुलाई आवश्यक उचाईमा लिएर जानेछ भन्ने कुरामा विश्वस्त रहेको आयोजकले बताएको छ ।
प्रदर्शनीको बिहीबार बिहान ११ बजे नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले उद्घाटन गर्ने आयोजकले बताएको छ । प्रदर्शनीमा निःशुल्क रुपमा अनुगमन गरेर विभिन्न कुराहरको बारेमा जानकारी लिन आयोजकले आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस्