राष्ट्र बैंकमा विभिन्न पदमा ६० भन्दा बढी कर्मचारी माग

राष्ट्र बैंकमा विभिन्न पदमा ६० भन्दा बढी कर्मचारी माग

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा गरी ६० भन्दा बढी कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले खुला तथा समावेशी पक्रियाअन्तर्गत दरखास्त आह्वान गरेको हो । राष्ट्र बैंकले अधिकृत तृतीय श्रेणीमा प्रशासन तथा प्राविधिक सेवाअन्तर्गत सहायक निर्देशक र सहायक द्वितीय श्रेणीमा कर्मचारीहरु माग गरेको हो । सबै पदमा गरी राष्ट्र बैंकले ६७ जना कर्मचारी माग गरेको छ ।

राष्ट्र बैंकले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट पुस ६ गते, मंगलबारदेखि पुस २६ गतेसम्म दरखास्त माग गरेको छ । दोब्बर दस्तुर तिरेर आगामी माघ ४ गतेसम्म पनि दरखास्त पेस गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

दरखास्त पेस गर्न सक्ने इच्छुक व्यक्तिले राष्ट्र बैंकको बेव साइटमा गइ विद्युतीय माध्यमबाट दरखास्त पेस गर्न सक्नेछन् । विद्युतीय माध्यमबाट दरखास्त पेस गर्दा दरखास्त आवेदन बापत लाग्ने दस्तुर पनि विद्युतीय माध्यमबाट नै भुक्तानी गर्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

लोकप्रिय