प्रधानमन्त्री प्रचण्ड विराटनगरमा, ‘विराट एक्स्पो’को उद्घाटन गर्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विराटनगरमा ‘विराट एक्स्पो’को उद्घाटन गर्ने भएका छन् । उद्घाटन अघि बिहान १० बजे प्रधानमन्त्री दाहालले सुनसरीको इनरुवामा विद्युत् प्रसारण लाइनको उद्घाटन गर्ने र दिउँसो मोरङको मिक्लाजुङमा माओवादी पार्टीको रूपान्तरण अभियान अन्तर्गत आयोजना गरिएको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसका लागि प्रधानमन्त्री प्रचण्ड हिजै विराटनगर पुगिसकेका छन् ।
मुलुकको आर्थिक मन्दीबाट बाहिर ल्याउन उल्लेख्य भूमिका खेलेको औद्योगिक नगरी विराटनगरलाई थप आर्थिक रूपमा बलियो बनाउन र आर्थिक क्रियाकलाप चलायमान बनाउने उद्देश्यका साथ विराटनगरमा व्यापार मेलाको आयोजना गरिएको आयोजकले जनाएका छन् ।
विराटनगर–२ स्थित शंकरपुर मार्गमा सुरु हुने ‘विराट ट्रेड एक्स्पो–२०२३’ मेला आगामी पुस १६ गतेसम्म जारी रहने आयोजकले बताएको छ ।
प्रतिकृया दिनुहोस्