विद्यार्थीलाई अनावश्यक पोसाक जन्य सामाग्री किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गने चेतावनी

विद्यार्थीलाई अनावश्यक पोसाक जन्य सामाग्री किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गने चेतावनी

काठमाडौँ । विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएको भन्दै काठमाडौँ महानगरले ध्यानाकर्षण भएको बताएको छ ।

शुक्रबार (आज) एक सूचना जारी गर्दै महानगरले तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न विद्यालयलाई अनुरोध गरेको छ ।

कोही कसैले परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय गरिने चेतावनी दिइएको छ ।

लोकप्रिय