प्रधानमन्त्री प्रचण्डले गरे विद्युत प्राधिकरण इनरुवा सवस्टेशनको उद्घाटन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत् नेपाल विद्युत् प्राधिकरण इनरुवा सवस्टेशनको उद्घाटन गरेका छन् । शुक्रबार सुनसरीको इनरुवास्थित भोक्राहामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ४००/२२०/१३२/३३ केभी क्षमताको सवस्टेशन उद्घाटन गरेका हुन् ।
सवस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले केही समयमै नेपाल सम्पूर्ण रूपमा उज्यालो हुने बताए । ‘अहिले ९८ प्रतिशत जनतामा विद्युत् पुगेको छ । आउँदो डेढ वर्षमा शतप्रतिशत जनताले विद्युत् पु¥याउने सरकारले लक्ष्य लिएका छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
उनले सरकारले ठुला क्षमताका प्रसारण लाइन जोड्ने अभियान चलिरहेको भन्दै अरुण र तमोरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न सुनसरीको यो सवस्टेशन भारतमा विद्युत् बेच्नसमेत मेरुदण्ड बन्न सक्ने बताएका छन् ।
प्रतिकृया दिनुहोस्