युवाहरुको सपना पुरा गर्ने अवसर नेपालमै छ – अर्थमन्त्री डा.महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले युवाहरूको सपना पूरा गर्ने अवसर नेपालमा नै रहेको बताएका छन् । शनिबार नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको स्टार्टअप फेस्ट, २०२३ कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले युवाहरूको हरेक सपना पूरा गर्ने अवसर नेपालमा रहेकोले सपना पूरा गर्न विदेशमा नै जानुपर्छ भन्ने मानसिकताबाट बाहिर आउन आवश्यक रहेको बताएका हुन् ।
उनले नेपालको क्षेत्रको विकास गर्न बाँकी रहेकाले युवाहरूलाई मुलुकभित्रै अवसर नै अवसर रहेको उल्लेख गरे । कक्षा १२ अध्ययन सकेर विदेशै जानुपर्छ भन्ने मान्यतालाई अब युवाहरूले नै सचेतना अभियान चलाउन आवश्यक रहेको बताए । उनले ठूला विकसित देशमा ठूलो नयाँ इनोभेसन भए मात्रै नेपाली युवाले अवसर पाउने बताए ।
नेपालमा केही काम छैन र विदेशमा मात्रै छ भन्ने नकारात्मक मानसिकता तोड्न आवश्यक रहेको बताए । उनले नेपाल भित्रै केही गर्न सकिन्छ भन्ने हिसावमा युवाहरूले सुक्ष्मदृष्टिले हेर्न आवश्यक रहेको बताए ।
उनले स्टार्टअप उद्योगको लागि सरकारले बजेटमार्फत सहुलियत समेत दिएको बताए । महतले नेपालमा आइटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले युवाहरू सो क्षेत्रतर्फ लाग्न आग्रह समेत गरे ।
उनले नेपालको आइटी विदेशमा निर्यात भइरहेको भन्दै आगामी दिनमा निर्यात अझ बढ्ने अवस्था रहेको जिकिर गरे । उनले सरकारले पनि आईटी क्षेत्रको प्रवद्र्धन गर्दै लैजाने उल्लेख गरे ।
प्रतिकृया दिनुहोस्