क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको पेसी आज

क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको पेसी आज

काठमाडौं । राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार) मुद्दाको सुनुवाइका लागि आज (आइतबार)लाई पेसी छ । काठमाडौं जिल्ला अदालतमा १ वर्षदेखि विचाराधीन रहेको मुद्दामा फैसलाका लागि पटक पटक पेसी तोकिँदै आए पनि अदालतले निर्णय सुनाउन सकेको छैन ।

लामिछानेविरुद्धको मुद्दामा यसअघि गत २४ गते पेसी थियो । उक्त दिन लामिछानेका वकिलकै तर्फबाट मुद्दा स्थगित भएको थियो । यो मुद्दामा हालसम्म ३२ पटक पेसी तोकिएकामा ८ पटक स्थगन मात्रै भएको छ ।

मंसिर २४ गते, आइतबार पेसी तोकिएको दिन लामिछानेका तर्फबाट बहस गर्ने वरिष्ठ कानून व्यवसायी अदालतमा उपस्थित हुन नसकेकाले सुनुवाइ स्थगन गर्न माग गरिएको थियो । त्यसपछि इजलासले मुद्दा स्थगन गरिएको जनाएको थियो ।

१ वर्षभन्दा बढी समयदेखि विचाराधीन उक्त मुद्दाको सन्दर्भमा सर्वोच्च अदालतले ‘फास्ट ट्र्याक’बाट छिनोफानो गर्न आदेश समेत दिएको छ । यसअघि गत कात्तिक २३ गते भएको सुनुवाइमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बहस नोट पेस गर्न आदेश दिएको थियो ।

लोकप्रिय