संक्रमणकालीन न्यायबारे बालुवाटारमा शीर्ष नेताबिच छलफल

संक्रमणकालीन न्यायबारे बालुवाटारमा शीर्ष नेताबिच छलफल

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले प्रमुख दलका शीर्ष नेताहरुबीच बैठक जारी छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक लगायत सहभागी रहेका जनाइएको छ ।

बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विषयबारे छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अहिले संसद्मा विचाराधीन रहेको छ । संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिले विधेयकका केही प्रावधानबारे टुंगो लगाए पनि विवादित विषयमा शीर्ष तहमा नै सहमति खोज्नुपर्ने निष्कर्ष निकालेको थियो ।

लोकप्रिय