वर्तमान सरकारबाट मुलुकमा विकासको सपना देख्न सकिँदैन – अध्यक्ष ओली

वर्तमान सरकारबाट मुलुकमा विकासको सपना देख्न सकिँदैन – अध्यक्ष ओली

काठमाडौँ । संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट विकासको सपना देख्न नसकिने बताएका छन् ।

ओलीले वर्तमान सरकारको कार्यशैलीबाट, कुशासनको चक्रव्यूह, भ्रष्टाचार र कमीसनतन्त्रलाई निरन्तरता दिन नसकिने बताए ।

उनले मुलुकमा सुशासन दिने शासक चाहिने बताए । एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा लगत्तै आइतबार सञ्चारकर्मीसँग संवाद कार्यक्रममा बोल्दै उनले राष्ट्र र जनताको हितमा पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिने कुरा पनि जनताको बीचमा संकल्प गरेको बताए ।

‘वास्तवमा यही सरकारबाट, यही कार्यशैलीबाट, यही तारिकाबाट, यही कुशासनको चक्रव्यूहभित्र, यही भ्रष्टाचार र कमीसनतन्त्रका बीचमा विकासको सपना देख्न सकिँदैन । र, हामीले गरिरहेको संकल्प भनेको यसै शासनको निरन्तरता सधैं हुन्छ भन्ने होइन । सुशासन चाहिन्छ । सुशासन दिने शासक चाहिन्छ । त्यसपछि वास्तवमा खास देशको विकास हुन्छ ।’ ओलीले भने ।

लोकप्रिय