प्रदेश प्रमुख खापुङ समक्ष राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश

प्रदेश प्रमुख खापुङ समक्ष राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय दलित आयोगले तेश्रो वार्षिक प्रतिवेदन पेश गरेको छ । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष ०७९÷८० को प्रतिवेदन पेश भएको हो ।

आईतबार आयोगका सदस्य टुन्ज बराइलीको नेतृत्वको टोलीले प्रदेश प्रमुख खापुङलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझदै प्रदेश प्रमुख प्रदेश प्रमुख खापुङले वि.सं. २०२० भाद्र १ गते जारी भएको मुलुकी ऐनले छुवाछुत हुनुहुन्न भनेर तोकिएपनि अहिलेसम्म भेदभाव भइरहनु दुःखद भएको बताए ।

पछिल्ला दिनमा दलित समुदायबाट स्वास्थ्य सेवामा कार्यरतको हातबाट औषधि नलिनु जस्ता घट्नाले लज्जित बनाएको बताए । साथै, यो समस्या दलितको मात्रै नभई राष्ट्रिय समस्या भएको उनको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य बराइलीले दलित समुदायले छोएको पानी मात्रै नभई माया पनि चल्न छोडेको बताए । युवावस्थामा प्रेम भएपनि जातको कारण मारिनेसम्मको घटना दुःखद भएको उनको भनाई थियो ।

लोकप्रिय