क्रिकेटर सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखियो

क्रिकेटर सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखियो

काठमाडौं । राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । अन्तिम फैसलाका लागि आइतबार सुरु भएको बसह नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

आइतबार सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले पीडितको पक्षबाट बहस गरेका थिए । सरकारी वकिल पक्षको बहस सकेपछि पीडितका निजी कानुन व्यवसायीले पनि बहस गर्नेछन् ।

त्यसपछि सन्दीपको तर्फबाट बहस हुनेछ । काठमाडौं जिल्ला अदालतमा १ वर्षदेखि विचाराधीन रहेको मुद्दामा फैसलाका लागि पटक पटक पेसी तोकिँदै आए पनि अदालतले निर्णय सुनाउन सकेको छैन ।

लामिछानेविरुद्धको मुद्दामा यसअघि गत २४ गते पेसी थियो । उक्त दिन लामिछानेका वकिलकै तर्फबाट मुद्दा स्थगित भएको थियो । यो मुद्दामा हालसम्म ३२ पटक पेसी तोकिएकामा ८ पटक स्थगन मात्रै भएको छ ।

लोकप्रिय