इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न माग

इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न माग

काठमाडौं । नेपाल इन्जिनियरिङ एसोसिएसनले इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न माग गरेको छ । अनलाइन सर्भे र सरोकारवालाहरूको चरणबद्ध छलफलबाट सुझावका आधारमा इन्जिनियरको न्यूनतम पारिश्रमिक ३७ हजार एक सय ३५ हुनुपर्ने माग पनि एसोसिएसनको छ ।

न्यूनतम पारिश्रमिक तय नहुँदा इन्जिनियरहरू विदेश पलायन हुने क्रम बढेको एसोसियसनका अध्यक्ष हरिबहादुर दर्लामीले बताए ।

दक्ष जनशक्तिको पलायनलाई न्यूनीकरण गर्न पनि न्यूनतम पारिश्रमिक तोकिनुपर्ने उनको भनाइ छ । निजी तथा गैरसरकारी क्षेत्रले सरकारी स्केलको कम्तीमा ८५ प्रतिशत तलब सुविधा दिनुपर्ने नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

मुलुकमा अहिले करिब ८० हजार इञ्जिनियर विभिन्न क्षेत्रका काममा छन् । जसमध्ये ७० प्रतिशतभन्दा बढी निजी क्षेत्रमा कार्यरत रहेको एसोसिएसनको भनाइ छ ।

लोकप्रिय